Added: 2016-01-16
काठमाडौ / भूकम्पले भत्काएको संरचनाहरुको पुनर्निर्माण गर्न महाअभियानको उद्घाटन कार्यक्रम रानीपोखरीमा तामझामका साथ आज शुरु हुँदै थियो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु कुटनीतिक नियोगका पाहुना, सुरक्षा अंगका प्
विस्तृत समाचारAdded: 2016-01-16
चिरञ्जिबी घिमिरे, दमक माघ २ / १८ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवशको अवसर पारेर आज दमक नगरपालिकाले विभिन्न जनचेतना मुलक कार्यक्रमहरुगरि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ ।
विस्तृत समाचारAdded: 2016-01-16
माघ २,दमक / झापाको दमकमा आउदो फागुन २ गते देखि ५ गते सम्म दोश्रो दमक फुट फेस्टिवल आयोजना हुने भएको छ ।
विस्तृत समाचारAdded: 2015-11-21
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके मन्त्रीलाई फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । नेपाल सम्वतको नयाँबर्षको अवसरमा एमाओवादी कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले कालोबजारी रोक्न गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई निर्देशन दिनुभएको छ । ‘भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन, कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउँछु’ उहाले भन्नुभयो–कोही कसैलाई पनि छुट दिने पक्षमा आफू छैन । जनताको दुःखमा कोही पनि रमिते बन्न पाउँदैन र मिल्दैन ।” उच्चस्तरीय समितिका संयोजक समेत रहेका प्रचण्डले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गर्नुभयो । नेपाल र नेपाली जनताले संविधान बनाए बापत भारतको नाकाबन्दी खेप्नुपरेको उल्लेख गर्दै उहाले विषम अवस्थामा जनताले देखाएको धैर्यता र राष्ट्रिय स्वाभिमानलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।
विस्तृत समाचारAdded: 2015-11-17
प्रधानमन्त्री केपी ओलीले एक वर्षभत्रि देशलाई लोडसेडिङ मुक्त राख्ने घोषणा गरेपछि यसबारे नयाँ बहस सुरु भएको छ । यो बहसमा सरिक हुँदै सांसद गगन थापाले लोडसेडिङ हटाउने भए १० वटा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । एक वर्षमा लोडसेडिङको अन्त्य गर्ने घोषणा महत्वाकांक्षी भए पनि प्रधानमन्त्रीले मनैदेखि चाहेको खण्डमा धेरै सुधारका काम गर्न सक्ने व्यवस्थापिका संसदअन्तर्गतको कृषि तथा जलस्रोत समितिका सभापतिसमेत रहेका युवा नेता थापा बताउँछन् । एक वर्षमा लोडसेडिङको अन्त्य सम्भव नभए पनि केही वर्षभित्रै विद्युत उत्पादन बढाउन सरकारले केही महत्वपूर्ण कामहरु गर्नुर् पर्ने थापाको ठम्याइ छ ।
विस्तृत समाचारAdded: 2015-11-15
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भरका महत्वाकांक्षी योजनाहरु घोषणा गर्नुभएको छ । मन्त्रीहरु र सरकारलाई समर्थन गर्ने दलका नेतालाई साथमा राखेर प्रधानमन्त्री ओलीले आज साँझ देशवासीलाई सम्बोधन गर्नुभएको थियो । भारतको अघोषित
विस्तृत समाचारAdded: 2015-11-15
प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुङ्गएिको छ । नयाँ सरकार बनेपछि प्रमुख विपक्षी कांग्रेससहितका तीन दलले पहिलो पटक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए । तर, वार्तामा प्रमुख दलहरु तयारी विना नै आएको र अझै विश्वास गर्ने वातावरण नबनेको मधेसी मोर्चाले बताएको छ । वार्तापछि मोर्चाका नेता उपेन्द्र यादवले दलहरुले सहमति नगरे छठपछि कडा आन्दोलन चेतावनी दिएका छन् ।
विस्तृत समाचारAdded: 2015-11-06
भ्लादिमिर पुटिन फेरि विश्वको शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले २०१५ का शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ, जसमा पुटिन पहिलो स्थानमा कायमै छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा र चीनका राष्ट्रपति सी निजपिङलाई पछि पार्दै जर्मन चान्सलर एंगेला मोर्केल दोस्रो स्थानमा उक्लिएकी छ्न् । २०१४ मा उनी पाँचौं स्थानमा थिइन् । ओबामा एक स्थान तल झरेर तेस्रो स्थानमा छन् भने पोप फ्रान्सिस चौथो स्थानमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ पाँचौं स्थानमा छन् । अघिल्लो बर्ष चिनियाँ राष्ट्रपति सी तेस्रो स्थानमा थिए । बिल गेट्स छैटौं, जान यालन सातौं र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आठौं स्थानमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नवौं शक्तिशाली व्यक्ति बनेका छन् । मोदी पहिलो पटक विश्वका १० शक्तिशाली व्यक्तिभित्र परेका छन् । २०१४ मा उनी १५ औं स्थानमा थिए । फोर्ब्सले जारी गरेको ७३ शक्तिशालीहरुको सूचीको दशौं स्थानमा गुगलका सीईओ ल्यारी पेज छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग १९ औं, एपलका टीम कुक २७ औं, भारतीय अबरपती मुकेश अम्बानी ३६ औं, ब्राजिलका राष्ट्रपति डिल्मी रुसेफ ३७ औं र राष्ट्रसंघका महासचिव वान कि मुन ४० औं स्थानमा छन् । जापानका प्रधानमन्त्री सिन्जो आबो ४१ औं र उत्तर कोरियाका नेता किम जान उन ४६ औं स्थानमा छन् । चरमपन्थी संगठन इश्लामिक स्टेटका नेता अब बकर अल बग्दादी ५७ औं शक्तिशाली व्यक्ति बनेका छन् । हिलारी क्लिन्टन ५८ औं स्थानमा रहँदा उनका पति पूर्व राष्ट्रपति बिल क्लिन्टन ६४ औं स्थानमा परेका छन् ।
विस्तृत समाचारAdded: 2015-11-06
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा भारतले नेपालको सत्यनिरुपण तथा मेलमिलाप आयोगको विषयमा प्रश्न उठाएकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गर्नुभयो–‘राष्ट्रसंघ समेतको संलग्नतामा नेपालम
विस्तृत समाचारAdded: 2015-11-04
जनतालाई नाकाबन्दी गरेर आफू भने मोटरसाइकलमा हिँडेको भन्दै सिमराका स्थानीयबासीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मोटरसाइकलको चाबी खोसेका छन् । महतो सिमरास्थित इलाका प्रहरी कार्यालयमा थुनामा रहेका पार्टीका गढीमाई नगर कमिटी अध्यक्ष रामबाबु साहलाई भ
विस्तृत समाचार