News 1 2 »
अमेरिका द्धारा ग्वान्टानामो बेमा रहेका १५ कैदीलाई युएई स्थानान्तरण ।
Added: 2016-08-16

अमेरिकाले ग्वान्टानामो बेमा रहेका १५ जना कैदीलाई संयुक्त अरब इमिरेट्स युएई स्थानान्तरण गरेको छ । राष्ट्रपति बाराक ओबामाको शासनकालमा ग्वान्टानामो बेबाट यती धेरै संख्यामा एकैपटक कैदी स्थानान्तरण गरिएको यो पहिलो घटना हो ।

विस्तृत समाचार
इराकको बग्दादस्थित एक अस्पतालमा आगलागी हुँदा ११ शिशुको मृत्यु ।
Added: 2016-08-10

इराकको राजधानी बग्दादको रहेको एक अस्पतालमा आगलागी हुँदा ११ जना शिशुको ज्यान गएको छ । इराकको स्वास्थ्य मन्त्रालयले बग्दादको पश्चिम शहर यमरुकोमा रहेको टिचिङ अस्पतालको मातृत्व कक्षमा आगलागीमा हँदा ११ जना शिशुको ज्यान गएको जनाएको छ ।

विस्तृत समाचार
पाकिस्तानको एक सरकारी अस्पतालमा बम विस्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु, दर्जनौं घाइते ।
Added: 2016-08-08

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटोस्थित एक सरकारी अस्पतालमा आज बम विस्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । मारिनेमा वकिल र पत्रकारहरु समेत छन् । आजै हत्या गरिएका प्रसिद्ध वकिल बिलाल अन्वर कासीको शव अस्पतालमा ल्याइएका बेला आकस्मिक विभा

विस्तृत समाचार
ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो ।
Added: 2016-02-06

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको युएस जियोलोजिकल सर्भे युएस जिएसले जनाएको छ । आज बिहानै गएको भूकम्पका कारण टाइनान शहरको एउटा अपार्टमेन्ट भत्किएको समाचार संस्था रोय

विस्तृत समाचार
भारतको गुजरातमा बस दुर्घटना हुँदा ३० जनाको ज्यान गयो , ३० घाइते ।
Added: 2016-02-06

भारतको गुजरातमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । गुजरातको दक्षिणी क्षेत्रको नवसारी जिल्लामा हिजो बेलुका यात्रु बस पूर्णा नदीको पुलबाट खस्दा अन्य ३० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विस्तृत समाचार
अमेरिकामा शक्तिशाली हिम आँधी
Added: 2016-01-23

अमेरिकामा शक्तिशाली हिम आँधीका कारण ८ जनाको ज्यान गएको छ । अमेरिको उत्तरपूर्वी तटबाट शक्तिशाली हिम आँधी प्रवेश गरेको हो । यो आँधी अमेरिकामा आएको एक सय वर्ष यताकै सबैभन्दा शक्तिशाली रहेको मौसम विदले बताएका छन् । हिम आँधीका कारण पाँच करोड मानिस प्रभावित

विस्तृत समाचार
जी २० को सम्मेलनमा आइएस आक्रमण गर्ने आशंका सिरिया संकटबारे छलफल गर्न विश्वका ठूला नेता टर्कीमा
Added: 2015-11-15

सिरियाको संकटले निम्त्याएको शरणार्थी समस्या एवं आतंकवादको सामना गर्नेबारे छलफलका लागि विश्वका ठूला नेताहरु टर्कीमा भेला भएका छन् । आइएस प्रभावित सिरियाकै छिमेकमा आइतबारदेखि शुरु भएको जी(२० राष्ट्रहरुको दुईदिने समिटमा सुरक्षा व्यवस्था अति कडा बनाइएको छ ।

विस्तृत समाचार
भारतको बनारसमा भएको स्थानीय पञ्चायत चुनावमा भाजपा पार्टीे नराम्ररी पराजित
Added: 2015-11-03

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ । बनारसको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थ

विस्तृत समाचार
२०० भन्दा बढि यात्रुबहाक रुसीे विमान इजिप्टमा दुघर्टना ग्रस्त
Added: 2015-10-31

रुसको एक यात्रुबहाक विमान आज इजिप्टको सिनाइ प्रायद्धिपमा दुर्घटना ग्रस्त भएको छ । विमान दुर्घटनामा परेको इजिप्टको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ । इजिप्टको शर्म–अल–शेखबाट रुसको सेन्ट पिटर्स बर्गतर्फ गइरहेको विमान दुर्घटनामा परेको हो । रसियन एअर ल

विस्तृत समाचार
म्यानमारमा चुनावी र्‍यालीमा सांसदलाई छुरा हानियो
Added: 2015-10-30

म्यानमारमा चुनार्वी यालीमा विपक्षी पार्टीका नेता तथा सांसदमाथि छुरा प्रहार भएको छ । म्यानमारमा आगामी साता हुने स्थानीय चुनावका क्रममा सांसद माथि छुरा प्रहार भएको हो । काँधमा अन्धाधुन्ध रुपमा भएको छुरा प्रहारका कारण नाइङ नगान लिन सख्त घाइते भएका छन् ।

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


No Programs for Tuesday

OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com