
Added: 2015-10-30
झापाको सुरुङ्गामा आज देखि सुरुङ्गा गोल्डकप फुटवल प्रतियोगिताको तेस्रो संस्करण सूरु भएको छ । प्रतियोगिताको उद्घघाटन खेलमा बिजयी हुँदै झापा–११ सेमिफाईनलमा प्रवेश गरेको छ ।
सुरुङ्गा स्थित कन्काई क्याम्पसको खेल मैदानमा आज भएको खेलमा रुपन्देही–११ लाई १–० गोलले हराउँदै झापा–११ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । झापाको जितमा पहिलो हाफको इन्जुरी समयमा खमिर गिल्सेन कन्दङवाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । कन्दङ्वा म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा भोली कालेम्पोङ्ग क्लब भारत र आयोजक टिम कन्काई खेलकुद प्रतिष्ठानबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा मेची अञ्चलकै सर्वा्धिक धनराशीको पुरस्कार २ लाख ५१ हजार १ सय ५१ रुपैँया प्रथमलाई तथा १ लाख ५१ हजार रुपैँया प्रतियोगितामा दोस्रो हुने टिमले प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले उद्घघाटन गर्नुभएको थियो ।