News
कालिम्पोङ लाई पाखा लगाउदै आयोजक सेमिफाईनलमा , आज राजधानीका दुई टिम भिड्दै ।
Added: 2015-11-01

कालिम्पोङ लाई पाखा लगाउदै आयोजक सेमिफाईनलमा , आज राजधानीका दुई टिम भिड्दै ।

                                                                                                                                                                                                                                               लोकनाथ रिजाल

झापाको सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगितामा आज राजधानीका दुई टिम बिच प्रतिष्पर्धा हुदैछ ।
स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा अपरान्ह तीन बजे हुने खेलमा एपीएफ काठमाण्डौं र सरस्वती फुटबल क्लब काठमाण्डौं बीच प्रतिष्पर्धा हुने भएको हो । हिजो भएको  खेलमा बिजयी हुदै घरेलु टोली कनकाई खेलकुद प्रतिष्ठान, झापाले सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । उसले पाहुना टोली कालेम्पुङ्ग फुटबल क्लब भारतलाई ४–० गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रबेश पाएको हो । प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको छ । प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com