
Added: 2015-11-01
शसस्त्रलाई सरस्वती द्धारा धुलाई , भोली चर्च माथि भुटानले आक्रमण गर्ने ।
लोकनाथ रिजाल
कार्तिक, १५
शसस्त्र प्रहरीको एपीएफ लाई पराजित गर्दै सरस्वती फुटबल क्लब झापाको सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।
सरस्वतीले एपीएफ लाई एकका बिरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको ३३ औ मिनेटमा जर्सी नम्बर १४ का खेलाडि श्याम नेपालीले एपिएफका लागि खाता खोलेका थिए । तर उनको सो गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । एपिएफले गोल गरेको सात मिनेट बित्न नपाउदै सरस्वतीका जर्सी नम्बर १० का बिदेशी खेलाडि ईभिल्स पिर्यसले गोल गर्दै पहिलो हाफ सम्म १–१ गोलको बराबरीमा पु¥याए । त्यस्तै दोस्रो हाफको ३२ औ मिनेटमा जर्सी नम्बर ८ का खेलाडि दिपेश श्रेष्ठले गोल गर्दै जित सुनिश्चित गरे । भोलीको खेल चर्च ब्वाईज युनियन र भुटान क्लियरीङ फुटबल क्लब बिच खेल हुने आयोजक समितीले जनाएको छ ।