News
नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदै
Added: 2015-11-03

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदैछ ।

नेपालले यही कात्तिक ३० गते र मंसिर २ गते पपुवा न्युगिनी विरुद्ध दुई वटा एक दिवसिय खेल खेल्नेछ । यसअघि स्कटल्याण्ड विरुद्धको दुईवटै खेल गुमाएको नेपाल यसपटक भने विजयी हुने लक्ष्यका साथ युएई प्रस्थान गर्न लागेको हो । नेपालमा आयोजना हुने भनिएका यी दुई खेल नेपाल क्रिकेट संघ क्यानको उदासिनता र अस्तव्यस्त प्रशासनका कारण युएईमा सारिएको हो । नेपालले पपुवा न्युगिनी विरुद्धको खेल पुर्व टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तान सँग अभ्यास खेलको मौका समेत पाएको छ । यसैगरी नेपालले ओमानसँग पनि अभ्यास खेल खेल्नेछ ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com