News
विश्व चर्चित अल्ट्राम्याराथन धावक मिरा राई दमकमा सम्मानित
Added: 2015-11-15

विश्व चर्चित अल्ट्राम्याराथन धावक मिरा राई दमकमा सम्मानित

कात्तिक, २९
झापाको दमकस्थित मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले आज धरानदेखि दमकको ७२ किलोमिटर लामो च्यारिटी अल्ट्राम्याराथनको आयोजना सम्पन्न गरेको छ । उक्त अल्ट्राम्याराथनमा विश्व चर्चित अल्ट्राम्याराथन धावक मिरा राई र व्रिटिश सेनाका पूर्व जवान रन्दिप राई सहितका ६ जना धावकले कुल दुरी पूरा गरेका हुन् ।


म्याराथन धरानको भानुचोकमा बिहान ६ बजे शुरु हुँदा सहभागी दुईसय ५० धावक मध्ये ६ जनाले मात्र सो दुरी पूरा गरेका थिए । ६ घण्टा ३० मिनेटमा म्याराथन पूरा गरेकी मिरालाई प्रतिष्ठानले एकलाख पाँच हजार नगद सहित सम्मानित गरेको छ । पूर्व माओवादी लडाकु मिरा चार महिना अघि स्पेनमा सम्पन्न विश्व अल्ट्राम्याराथन– २०१५ का उपविजेता हुन् ।
दमकको मुख्य चौकमा कार्यक्रम गरि प्रतिष्ठानले दौडमा सहभागी धावकहरुलाई सामूहिक रुपमा सम्मान गरेको हो । प्रतिष्ठानले दौड पूरा गर्ने उनीसहित रन्दिप, तेजेन्द्र प्रधान, राजमान राई, बिमल कन्दङवा र सुरेन्द्र तामाङलाई पनि नगद साथ सम्मानित गरिएको थियो । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङ,कांग्रेस केन्द्रीय सदस्य केशवकुमार वुढाथोकी लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रजातन्त्र सेनानी स्वर्गिय मुगाधन राई र उनकी श्रीमती स्वर्गिय कृष्णकुमारीको सम्झनामा परोपकारी कार्य गर्न परिवारले गत वर्ष सो प्रतिष्ठान स्थापना गरेका हुन् ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com