News
जी २० को सम्मेलनमा आइएस आक्रमण गर्ने आशंका सिरिया संकटबारे छलफल गर्न विश्वका ठूला नेता टर्कीमा
Added: 2015-11-15


सिरियाको संकटले निम्त्याएको शरणार्थी समस्या एवं आतंकवादको सामना गर्नेबारे छलफलका लागि विश्वका ठूला नेताहरु टर्कीमा भेला भएका छन् । आइएस प्रभावित सिरियाकै छिमेकमा आइतबारदेखि शुरु भएको जी(२० राष्ट्रहरुको दुईदिने समिटमा सुरक्षा व्यवस्था अति कडा बनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरु सम्मेलनमा सहभागी हुन टर्की पुगेका छन् ।  संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन पनि टर्की पुगेका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसमेत १९ देशका नेताहरु टर्कीमा भेला भएका छन् ।

फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलाण्डले पेरिस घटनाका कारण आफ्नो टर्की भ्रमण रद्द गरेका छन् । उनको साटो विदेशमन्त्री टर्की गएका छन् ।

जी(२० मा आवद्ध विश्वका प्रमुख आर्थिक साझेदार राष्ट्रहरुमा चीन, भारत, अमेरिका, बेलायत र रसियाका साथै अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, इण्डोनेसिया, दक्षिण, कोरिया, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्कीलगायत छन् ।

त्यसैगरी युरोपिय युनियन र युरोपियन कमिसन तथा युरोपियन केन्द्रीय बैंकका प्रतिनिधि पनि टर्कीमा भेला भएका छन् । सम्मेलनका लागि करिब १२ हजार विदेशी पाहुना टर्कीमा भेला भएका छन् ।

आइएसले हमला गर्ने त्रास

टर्कीमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । ओबामाको सुरक्षामा अमेरिकी सीआइएको टोलीसमेत खटिएको छ । नेताहरुको गार्डका रुपमा ३० हजार सुरक्षाकर्मी खटिएका छन् ।

टर्की युद्धग्रस्त सिरियासँग सीमाना जोडिएको तथा आइएसको प्रभाव रहेको देश हो, जहाँ अघिल्लो महिनामात्रै अंकारा शहरमा आयोजित शान्ति र्‍यालीमाथि आत्मघाती बम हमला हुँदा १०२ जना नागरिक मारिएका थिए ।

आइएसको प्रभाव रहेको सिरियाभन्दा करिब ५ सय किमी टाढा रहेको अन्तल्यामा आयोजित सम्मेलनस्थलमा ३० हजार सुरक्षाकर्मी एवं ड्रोन डिटेक्टरका साथै ३५० वटा मोवाइल क्यामेरा प्रयोग गरिएका छन् ।

सम्मेलन स्थलका ४६ वटा होटलहरुमा शक्ति राष्ट्रका प्रमुखहरुलाई बासको व्यवस्था मिलाइएको छ । भारतीय मिडियाले जनाए अनुसार मोदीको सुरक्षार्थमात्रै उनी बसेको होटलमा करिब १ हजार देशी विदेशी एजेन्ट खटिएका छन् ।

सम्मेलन सुरु भएकै दिन आत्मघाती घटना

यसैवीच जी(२० देशहरुको सम्मेलन सुरु भएकै दिन टर्कीको दक्षिणी इलाकामा एक जना आइएस लडाकूले चार प्रहरीलाई घाइते बनाएका छन् ।

आत्मघाती बम हमलाकारी ती व्यक्तिले आफूलाई समेत बमबाट उडाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनाले पनि टर्कीमा भइरहेको शक्ति राष्ट्रको जमघट सुरक्षाको दृष्टिले निकै चुनौतीपूर्ण देखिएको छ ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com