News
फाल्गुनन्द गोल्डकपको उपाधी ताप्लेजुङलाई
Added: 2016-01-16


लक्ष्मि गौतम, पाचथार  /  पाँचथरको फिदिममा आयोजित ७ औं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि कर्णसिंह सोना स्मृति फुटवल क्लव ताप्लेजुङ्गले हात पारेको छ ।
आज पाँचथरको फिदिममा सम्पन्न फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवलाई २–० गोलले हराँउदै ताप्लेजुङले उपाधि हात पारेको हो ।
टिमको जितकालागि खेलको  १२ औं मिनेटमा र मध्यान्तर पछिको १३ औं मिनेटमा १–१ गोल गर्दै आफ्नो टिमलाई विजयी वनाएका हुन् । जितसँगै विजेता टिमले नगद १ लाख  ११ हजार १ सय ११ तथा उप विजेताले ५५ हजार ५ सय नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् । विजेता र उप–विजेता टिमलाई प्रमूख अतिथिको आसनवाट सांसद भिष्मराज आङदेम्वेले पुरस्कार र ट्रफि वितरण गर्नु भएको । गत पुष २५ देखी शुरु भएको प्रतियोगितामा चर्च व्वाइज क्लव ताप्लेजुङलाई फेयर प्ले टिम घोेषणा गरिएको छ । यस्तै ताप्लेजुङका रोजिन धिमाललाई वेष्ट प्लेयर र हाई स्कोरर,विजय धिमाललाई वेष्ट डिफेन्स,दिनेश कार्कीलाई म्यान अफ दि म्याच,ताप्लेजुङकै रवि थापालाई वेष्ट गोलकिपरको उपाधि सहित पुरस्कृत गरिएको थियो ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com