News
रंगमञ्चको एक हप्ते नाट्यशाला
Added: 2016-01-17


दमक, माघ ३ /  दक्षिणी इलामको चुलाचुली– ७ आइतबारेमा रहेको चुलाचुली रंगमञ्चले नाट्यशाला सञ्चालन गरेको छ ।
चुलाचुली रंगमञ्चले आउने दोस्रो नाटक उत्सवको लागि कलाकारहरु उत्पादन गर्ने उदेश्यले एक हप्ते नाट्यशाला सञ्चालन गरेको रंगमञ्चका अध्यक्ष तथा रंगकर्मी केशर भूजेलले वताउनु भयो । अभिनयमा इच्छिुक विद्यार्थीहरुको नाट्शालामा सहभागी रहेका छन् । नाटक निर्माण तथा नाटकका आधारभूत ज्ञान दिइने उक्त नाट्यशालामा पूर्वको चर्चित हाँस्यव्यंग्य टेलिचलचित्रका भूपेन्द्र तिम्सिना, कलालय इटहरीका सोनु जयन्ती, दमकका नाट्यकर्मी सुवास खरेल लगायतका पूर्वका रंगकर्मीहरुद्धारा सहजिकरण भइरहेको छ  ।
एक दशक देखि नाटक क्षेत्रमा काम गर्दै गत वर्षदेखि विद्यार्थीहरुका लागि नाटक गर्दै आएको चुलाचुली रंगमञ्चले ग्रामिण क्षेत्रमा रहेर पनि कला, साहित्य साथै आधुनिक प्रविधिबाट आधा दर्जन बढी नाटक मञ्चन गरिसकेको छ । “चुलाचुली नाट्य उत्सव २०७०” इलाम जिल्लामा पहिलो लाईट प्रविधिमा नाटक गरेको छ ।  रंगमञ्चले विराटनगरको आरोहण गुरुकुल थिएटरले आयोजना गरेको पूर्वाञ्चल नाटक महोत्सवमा लिम्बु मिथकको नाटक “सुविउ चरी” मञ्चन गरी रंगकर्मीहरुको प्रंशास बटुलेको छ ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com