News
बंगबन्धु गोल्डकपको उपाधीका लागी आज नेपाल र बहराईन भिड्दै ।
Added: 2016-01-22

बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज बहराइनसँग खेल्दैछ । खेल बेलुकी पौने ५ बजे बंगलादेशको ढाकामा रहेको बङ्गबन्धु रंगशालामा हुनेछ ।
सेमिफाइनलमा बलियो मानिएको मालद्विप्सलाई ४ – १ ले हराएको नेपालले त्यसैअनुसार सुदृढ प्रदर्शन गर्न तयार रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताउनुभएको छ । खेलाडी आत्मविश्वासी भएको र त्यसै अनुसार मेहनत गरेकाले खेल जित्दै उपाधिको खडेरी तोड्ने लक्ष्य पूरा हुने प्रशिक्षक महर्जनको विश्वास छ । झण्डै १७ वर्षको अन्तरालमा अन्तर्रा्ष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो । त्यस प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । यस अवधि सम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन ।  यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेश विरुद्वको खेलमा गोल रहित बराबरी खेलेको थियो ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com