News
भारतको गुजरातमा बस दुर्घटना हुँदा ३० जनाको ज्यान गयो , ३० घाइते ।
Added: 2016-02-06

     भारतको गुजरातमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । गुजरातको दक्षिणी क्षेत्रको नवसारी जिल्लामा हिजो बेलुका यात्रु बस पूर्णा नदीको पुलबाट खस्दा अन्य ३० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

   घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । नवसारी बाट ६० जना यात्रु लिएर उकाइका लागि छुटेको बस दुर्घटनामा परेको हो । दुर्घटना लगतै प्रहरी तथा उद्दारकर्मी दुर्घटनास्थल पुगेका थिए । गुजरात राज्य सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख रुपैयाँ राहत दिने जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com