News
ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो ।
Added: 2016-02-06

      ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको युएस जियोलोजिकल सर्भे युएस जिएसले जनाएको छ ।

   आज बिहानै गएको भूकम्पका कारण टाइनान शहरको एउटा अपार्टमेन्ट भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ । तर भूकम्पका कारण मानिसको ज्यान गएको तथा घाइते भएका खरब भने आएको छैन । भूकम्प गएको डेढ घण्टामा पाँच भन्दा धेरै पराकम्प गएको ताइवानको केन्द्रीय मौसम ब्युरोले जनाएको छ । टाइनान शहरमा भत्किएको अपार्टमेन्टमा केही मानिस फसेका छन् । शहरका अरु केही ठूला भवन पनि भत्किएको जनाइएको छ । तर त्यसको पुष्टी भने भइसकेको छैन । सामाजिक सञ्जालमा भत्किएका तथा कोल्टे परेका भवनका तस्बिर पोस्ट भएका छन् । यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण ताइवानमा २४ सय भन्दा धेरै मानिसको ज्यान गएको थियो ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


No Programs for Saturday

OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com