News
पाकिस्तानको एक सरकारी अस्पतालमा बम विस्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु, दर्जनौं घाइते ।
Added: 2016-08-08

 

 
 पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटोस्थित एक सरकारी अस्पतालमा आज बम विस्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ ।
मारिनेमा वकिल र पत्रकारहरु समेत छन् । आजै हत्या गरिएका प्रसिद्ध वकिल बिलाल अन्वर कासीको शव अस्पतालमा ल्याइएका बेला आकस्मिक विभागमै आक्रमण भएको थियो । विस्फोटमा अरु दर्जनौं घाइते भएका छन् । घाइते हुनेहरुमा वकिलको संख्या धेरै छ । विस्फोट गर्नुअघि आक्रमणकारीले गोली समेत चलाएको बताइएको छ । आक्रमणकारीको पहिचान हुन नसकेपनि आत्मघाती आक्रमणकारीले विस्फोट गराएको प्रहरीको अनुमान छ । यसैबीच, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले विस्फोटको निन्दा गर्नुभएको छ ।
 
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com