News
अमेरिका द्धारा ग्वान्टानामो बेमा रहेका १५ कैदीलाई युएई स्थानान्तरण ।
Added: 2016-08-16

 

 
 
 
   अमेरिकाले ग्वान्टानामो बेमा रहेका १५ जना कैदीलाई संयुक्त अरब इमिरेट्स युएई स्थानान्तरण गरेको छ । राष्ट्रपति बाराक ओबामाको शासनकालमा ग्वान्टानामो बेबाट यती धेरै संख्यामा एकैपटक कैदी स्थानान्तरण गरिएको यो पहिलो घटना हो ।
 ग्वान्टानामो बेमा रहेका १२ जना यमनी तथा तीन जना अफगानी कैदीलाई युएई स्थानान्तरण गरिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ । क्युवामा रहेको ग्वान्टानामो बेमा अब ६१ जना कैदी बाँकी छन् । धेरै कैदीलाई आरोपनै दर्ता नगरी १० वर्षभन्दा धेरै समयदेखि बन्धक बनाइएको छ । राष्ट्रपति ओबामाले यो वर्षको अन्त्यमा आफू ह्वाइट हाउसबाट बाहिरिनु पूर्वनै ग्वान्टानामो बे बन्द गर्ने तयारी गर्नुभएको बिबिसीले जनाएको छ । राष्ट्रपति ओबामाले बाँकी रहेका कैदीलाई पनि अन्यत्र स्थानान्तरण गर्न चाहनु भएको छ । तर कंग्रेसले भने त्यसको विरोध गर्दै आएको छ । यसअघि गएको अप्रिलमा ९ जना यमनी कैदीलाई साउदी अरेबिया स्थानान्तरण गरिएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमणपछि तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले ग्वान्टानामो बे स्थापना गर्नु भएको थियो ।  
 
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


No Programs for Tuesday

OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com