News
झापा कुमरखोदका चियामजदुर आन्दोलित ।
Added: 2016-08-16

 

 
 दक्षिणी झापाको कुमरखोद गाविसमा रहेको कुवाडी चिया बगानमा कार्यरत १ सय ६० मजदुरहरू हिजोदेखि आन्दोलनमा उत्रिएका छन् ।
 मजदुर आन्दोलनका कारण बगान ठप्प भएको छ । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै चिया मजदुर आन्दोलित भएका हुन् । उनीहरूले उद्योग नै बन्द गरेर राजपत्रमा उल्लेखित मजदुरको न्यूनतम ज्याला पाउनुपर्ने माग गरेका छन् । यसअघि बगानका केही चिया मजदुर शनिबारदेखि धर्ना बसेका थिए । राजपत्रमा दैनिक ज्यालादारी मजदुरले २ सय ५३ रुपैयाँ पाउने व्यवस्था छ तर सरकारको नियम बगान सञ्चालकले नटेरको आरोप मजुरको छ । मजदुर नेता जगत पौडेलका अनुसार बगानका सञ्चालक सुरेश अग्रवालले एक महिना अघि मात्र मजदुरसँग सरकारले तोकेको न्यूनतम ज्याला दिने सहमति गरेका थिए । तर, उक्त सहमतिलाई बगान सञ्चालक आफैैंले बर्खिलाप गर्दै सरकारले निर्धारण गरेको र मजदुरसँगको सम्झौता भंग गरेकोले आफूहरू आन्दोलित भएकोे मजदुरहरूले बताएका छन् । ५ सय ५० बिगाह क्षेत्रफल ओगटेको कुवाडी चिया बगानमा ४० जना स्थायी र १ सय ६० जना अस्थायी मजदुर कार्यरत छन् । 
 
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com