News
आर्थिक अभावमा उपचारमा समस्या
Added: 2016-08-23


चिरञ्जिबी घिमिरे
भाद्र ७, दमक/
झापाको दमक २ स्थित हिमालय उच्च मावि नजिकै आइतबार भएको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका दमक १ का सुरज तामाङको आर्थिक अवस्थाका कारण स्वास्थ्य उपचार हुन सकेको छैन् । मोटरसाइकल दुर्घटनामा परेका उनलाई प्रहरीले उद्दार गरेर अम्दा अस्पताल र्पुयाएको थियो। तर टाउकोमा रगत जमेकाले त्यहाँ उपचार हुन नसक्ने अस्पतालले बताएपछि उनलाई विराटनगर स्थित न्यूरो अस्पताल लगियो तर, उनको टाउकोको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । यसका लागि ९० हजार धरौटी राख्नुपर्ने र शल्यक्रियाका लागि ८ लाख खर्च हुने चिकित्सकले बताएपछि आर्थिक अवस्था कमजोर भएका उनको उपचारमा समस्या भएको छ । सुकुम्वासी बस्तीमा बस्दै आएका सामान्य रिक्सा चालकका छोरा तामाङको उपचारका लागि ९ लाख कहाँबाट जुटाउने भन्ने समस्यामा परेको हो । उपचार गर्ने खर्च नहुँदा उनलाई न्युरो अस्पतालबाट घर ल्याइएको थियो । पुनः छिमेकीको सहयोगमा तामाङलाई दमकको लाइफलाइन अस्पताल पुर्याइएको थियो तर पैसाको अभावमा अस्पतालमा उपचारका लागि तामाङ छटपटाइरहेका छन् भने परिवारले सहयोगको लागि अपिल गरेको छ । तामाङ सवारी चालक हुनुहुन्छ । उहाँले चलाउने बसका धनी र उनलाई उपचारका लागि यताउता लैजाने एम्बुलेन्स चालकले ६० हजार रूपैयाँ जुटाएर उनलाई पुनः बिर्तामोडस्थित बी एण्ड बी अस्पतालमा उपचारका लागि लगिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ पूर्वपश्चिम राजमार्ग अन्तरगत काकडभिट्टा–विराटनगर चल्ने बसका चालक हुनु हुन्छ । आईतबार साँझ सधाझै गाडी साहुकोमा राखेर घर हिड्नु भएो थियो । सधै हिडेर घर जाने उहाँ त्यस दिन बैँक किस्ता तिर्न ढिला भयो भनेर साहुको मोटरसाईकल मागेर घर आएका आउनु भएको थियो तर, बाटोमा मोटरसाइकल अनियन्त्रित भएर गम्भिर घाइते हुनु भयो । उहाँको परिवारमा उनकी श्रीमती र दुई ८ वर्षिया र ५ वर्षिया छोरी तथा बुबाआमा छन् । उहाँकी आमा गंगामाया छोराको यस्तो अवस्था देखेर रुदै बस्नु भएको छ  । छोरालाई बचाउन सकिन्छ भन्ने आशा समेत मरिसकेको उहाँले बताउनु भयो । उहाँ भन्नु हुन्छ ‘मेरो छोरालाई बचाउन हाम्रालागि कोही भगवान भएर सहयोग गर्छकी भन्ने आशामा छौँ, धेरैलाई सहयोग मागी सक्यौँ तर कसेले गरेनन् । छोरालाई बचाउन ९ लाख चाहिन्छ रे, हामीसँग ९ रुपैयाँ पनि चाहिँएको बेलामा हुदैँन ।’ हिजो साँझ उहाँलाई उपचारका लागि विर्तामोड लगिएको छ ।


 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com