News
दुर्घटना न्यूनिकरणमा राडार गन
Added: 2016-08-23


पाथीभरा संवाददाता
भाद्र ७, दमक÷सवारी दुर्घटना न्यूनिकरणका लागि पूर्वमा ट्राफिक प्रहरीले  राडार गनको प्रयोग सुरु गरेको छ ।
 बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि पूर्व पश्चिम राजमार्गमा राडार गन प्रयोगमा ल्याएको हो । सडकमा गुड्ने सवारी साधनको गति मापनका लागि राडार गन प्रयोग गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी उपरीक्षक पवन गिरीले तीव्र गतिका कारण दुर्घटना हुने क्रम तीव्र भएकाले राडार गन प्रयोग गरिएको बताए । राडार गनले प्रतिघण्टा २१ देखि १७० प्रति किलोमिटर गुडेको सवारीको गति मापन गर्छ ।
रेडियो–रे को सहायताबाट करिव आधा किलोमिटरको दुरीमा गुडेको सवारीको अगाडि र पछाडि दुवैतिरबाट यसको गतिमापन गर्न सकिन्छ । गनको स्क्रीनमा देखिएको गतिलाई आधार मानेर प्रहरीले चालकलाई सचेत वा कारवाही गर्न सक्छ । पूर्व–पश्चिम राजमार्गमा अधिकतम् ६० किलोमिटरको गतिमा मात्र सवारी चलाउन पाइने प्रावधान छ । तर सवारी चालक १०० किलोमिटरको गतिमा सवारी हाँकिरहेका हुन्छन् ।
सहरी र बाक्लो बस्ती भएको क्षेत्रमा भने प्रतिकिलोमिटर २० देखि ३० को गतिमा सवारी चलाउन सकिन्छ ।
सडक दुर्घटना अत्याधिक बढेपछि ट्राफिक प्रहरीले झापामा निगरानी बढाएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले आजदेखि र्याडर गनको मद्धतबाट निगरानी थालेका हुन् । पूर्वपश्चिम मार्गमा तीब्र गतिमा गुडेका दर्जनौं सवारी साधनलाई राडार गनबाट निगरानी गरी कार्वाही पनि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर)ढुण्डीराज गिरीले जानकारी दिए ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com