News
पुरुष दौड प्रतियोगिता हुदै
Added: 2016-08-23




पाथीभरा संवाददाता
भाद्र ७,दमक/
जिल्ला खेलकुद विकास समिति झापाले  आगामी सोमबार पुरुष दौड प्रतियोगिता गर्ने भएको छ ।

 राष्ट्रिय खेलकुद परिषद्को  वार्षिक कार्यक्रम अन्र्तगत भद्रपुर भन्सारदेखि चन्द्रगढीको लेखनाथ चौक हुँदै मेची रङ्गशालासम्म ५ किलोमिटर दूरीको दौड आयोजना हुने भएको खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरुलाई यहि आइतबारसम्ममा समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको एथ्लेटिक्सका सहायक प्रशिक्षक गोपाल यादवले बताए । सो प्रतियोगितामा प्रतिष्पर्धा गरी दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गरिने बताइएको छ । देशभरका खेलकुद विकास समितिहरुले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरी सोमबार राखेपको वार्षिक कार्यक्रम मनाउने भएका छन् ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com