News
आदिवासी जनजाति संघ लखनपुर गठन
Added: 2016-08-26


पाथीभरा संवाददाता, लखनपुर, भदौ ९ / नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघ झापाको लखनपुर गाँउ समिति गठन भएको छ ।

बिहीबार सम्पन्न गाँउ भेलाले गञ्जदेव आङदेम्बेको अध्यक्षतामा संघको गाँउ समिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा हरिलाल ताजपुरिया, सञ्जु राना मगर, चिन्तन तुम्रोक, बुद्धिबहादुर सम्बाहाम्फे, सोटलाल राजवंशी, रामप्रसाद ताजपुरिया र धिरेन्द्र लावती चुनिएका छन् ।

यस्तै, संघको क्षेत्रीय प्रतिनिधीहरुमा दिलकुमारी राई, गोपाल भुजेल र उमेश तुम्रोकलाई चयन गरिएको कांग्रेस गाँउ सचिव देवेन्द्रराज आङदेम्बेले बताए ।

यसैबीच, आदिवासी, जनजातिको संघको क्षेत्रीय अधिवेशन आगामी शनिवार दमकस्थित कांग्रेस पार्टी कार्यालयमा हुने जनाईएको छ । संघको क्षेत्रीय अध्यक्षमा प्रथम धिमाल र सचिवमा उमेश तुम्रोक आकांक्षी देखिएका छन् ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com