News
सुक्रबार देखि राधा नेपालभर, पाथिभरा हल दमकमा पनि प्रदर्शन
Added: 2016-10-27

पाथिभरा समाचारदाता दमक :
कार्तिक ११

पाथिभरा समाचारदाता दमक:  सपूत, सम्झना, नोटबुक, भूल भूलैया जस्ता चलचित्र निर्देशन गरेका योगश घिमिरे निर्देशित पछिल्लो चलचित्र राधा कार्तिक १२ देखि प्रदर्शन हुंदैछ । जीवन लुइटेल र संचिता लुइटेलको मुख्य भूमिका रहेको राधा नारी कथामा केन्द्रित छ । योगेशका चलचित्रमा जीवन प्रायः देखिन्छन नै नोटबुक र भूल भूलैया पछि निता छाड्दै योशगेले राधामा संचितासँग काम गरेका छन | प्राय: चलचित्रमा उस्तै रुपमा देखिने गरेका जीवन लुइटेल राधामा बिल्कुल फरक रुपमा देखिनेछन् । नोटबुक देखि शुरु भएको जीवनसँगको यात्रा आजको दिन सम्म आइपुग्दा मलाई लाग्छ चलचित्र राधा जीवनका लागि पुर्नजन्म हो । जीवनको फरक रुपले उनका फ्यानहरुलाइ पक्कै पनि खुसी बनाउँनेछ ।

राधा गरी हाल सम्म ५ चलचित्र निर्देशन गरिसकें, सपुत र सम्झनामा मैले संचिता लुइलेटसँग काम गरे, पछि कारण बस काम गर्ने वातावरण मिलेन, अप्सरा पछि राधा मार्फत संचितालाई मैले मुख्य पात्रका रुपमा ल्याएको छु । मलाई लाग्छ, राधा संचिताको कमब्याक चलचित्र हुनेछ । उनको पनि आफ्नै फ्यान छन, सायद पारिवारिक चलचित्र हेर्ने दर्शकहरुलाई संचिताको भुमिका र चलचित्र मन पर्नेछ ।भन्ने कुरा निर्देशक योगेश धिमिरेको रहेको छ |

उता निर्माता सुशिल कार्की भन्छन् राधा परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न मिल्ने चलचित्र निर्माण गरेका छौ । कार्की पाथिभरा एफ एम कर्मचारी हुन् । माया प्रेममाथी चलचित्र निर्माण गरीएको छ जुन समाज भित्रकै कथा रहेको छ । फिल्मको पुर्वान्चल वितरकको जिम्मा पाएका चैतन्य बराल भन्छन् राधाको छपकै.. बोलको गीत युट्युबमा ११ लाख बढीले हेरी सकेका छन । मलाइ लाग्छ, चलचित्र चल्नुमा गीत संगीतको ठूलो भूमिका रहन्छ । राधा आफैमा राम्रो चलचित्र बनेको छ, अझ गीत संगीतले सुनमा सुगंन्ध थपिदिनेछ । यस फिल्ममा संचिता लुइँटेल र जीवन लुइँटेलको शिर्ष भुमिका रहेको छ । निर्देशक योगेश धिमीरेले निर्देशन गरेको फिल्मलाई सुसिल कार्की र विष्णुमणि दाहालले निर्माण गरेको हुन् | पुर्वका बिभिन्न स्थान दमक, विर्तामोड, फिक्कल, अन्तु, मिरिक, दार्जेलिङ्का रमणीयस्थललाई पर्दामा उतारिएको यो फिल्म भोलि अर्थात कार्तिक १२ गते देखी दमकको पाथिभरा चलचित्र मन्दिर लगायत नेपालका मुख्य शहरहरुका ५० भन्दा बढी हलमा एक साथ रिलिज हुदैछ ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com