News
सरकारी अस्पतालमा डेंगु संक्रमितले पाएनन बेड, भुईंमै हुँदैछ उपचार
Added: 2016-10-27

चिरञ्जिबी घिमिरे दमक
कात्तिक ११, 
झापाको दमक अस्पतालमा प्लेटेलेट्स जाँच गर्ने ल्याबको अभावमा डेंगु रोगका संक्रमितहरुले सास्ती व्यहोर्नुपरेको छ। झापामा पछिल्लो समय डेंगु रोगका बिरामी बढेका छन्। संक्रमितको संख्या बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिरामीको निःशुल्क उपचार गर्नका लागि दमक अस्पताललाई तोकेको छ। तर अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार र प्लेटेलेट्स जाँच गर्ने ल्याबको अभाव हुदाँ उपचार प्रभावकारी हुन सकेको छैन्। नेपाल सरकारले केही महिना अघि मात्र उपस्वास्थ्य चौकीबाट स्तरउन्‍नति गरि १५ शैयासहितको अस्पताल सञ्चालन गर्ने अनुमति दिएपछि दमक अस्पतालले सेवा सूरु गरेको थियो। तर पर्याप्त भौतिक पूर्वाधारको अभाव तथा कर्मचारीहरुको लापरवाहीका कारण यस अस्पतालले प्रभावकारी उपचार सेवा दिन सकेको छैन्। दमक अस्पतालमा आएका बिरामीलाई कमिसनको आधारमा नजिकैको सञ्‍जिवनी प्याथोलोजी ल्याबमा पठाउने गरेको डेंगु परिक्षणका लागि आएका स्थानीय घनश्याम न्यौपानेले बताए । सञ्जिवनी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय झापाको अनुमति बिना नै सञ्चालनमा छ। दमक अस्पतालमा अहिले बिरामीलाई भुईमा राखेर उपचार हुन्छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धिबहादुर थापाले अस्पतालको स्तरउन्‍नतिका लागि कुनै पैसा नआएका कारण यो अस्पताल वेवारिसे बनेको बताए। उनका अनुसार अस्पतालमा स्वास्थ्यकर्मीको समेत अभाव छ। नेकपा माओवादी केन्द्रका नगर सचिव शंकर बस्‍नेतले कर्मचारीहरुको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना भएको बताए।'अस्पतालका कर्मचारीमा काम गर्ने जाँगर नभएको हो।

५ वटा त पुराना बेड छन् तर कर्मचारी बेड छैन भन्दै बस्छन्।' उनले भने। डेंगु रोगको संक्रमितले सधै डाक्टरको निगरानीमा बस्‍नु पर्ने हुन्छ। त्यसैले सरकारी अस्पतालमा बेड अभाव भएपछि बिरामीहरु चर्को शुल्क तिरेर निजी अस्पतालमा भर्ना भएका छन्। दमकमा १ सय १५ जनाभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com