News
भारुको कारोवार गर्ने झोले व्यापारी पक्राउ
Added: 2017-01-16

माघ-३, दमक  । झापाका सीमावर्ती बजारमा गैरकानुनी रुपमा भारतीय रुपैया सटही गर्ने व्यापारीको बिगविग बढ्न थालेको पाइएको छ ।
भारत सरकारले पुरानो पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि झापाका सीमावर्ती बजारका पसलेवाट महगो बटटामा भारतीय रुपैया सटही गर्दै आइरहेका छन् । नेपाल राष्ट बैकको अनुमति बगेर त्यस्ता व्यापारीले भारतीय एक सय रुपैया सहटी गर्दा सर्वसाधरण जनताबाट १० देखि १५ रुपैया सम्म बढी रकम लिने गरेको जनगुनासो छ । यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरले महगो बटटामा भारतीय रुपैया बिक्री गरेको आरोपमा एक आलु व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

भद्रपुर ६ स्थित आलुवाला पसल भनिएर चिनिने अन्दाजी ३० बर्षिय सन्तोष यादवलाई प्रहरीले नियन्त्रण लिएको हो । प्रहरीले उनको साथबाट भारतीय एक सयको दरको ६ वटा नोट समेत बरामद गरेको छ ।
शनिवार साँझ यादवले भारतीय सब्जी व्यापारीलाई १० रुपैया अतिरिक्त बटटा लिएर रकम सटही गरेको आरोपमा नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । नियन्त्रणमा लिएका यादवलाई झापा उद्योग बाणिज्य संघ, राजनितिक दलको रोहवरमा आइदा भारतीय रुपैयाको कारोबार नगर्ने र त्यसपछि पनि कारोबार गरेको फेला परेमा कानुन बमोजिम कार्वाही गरिने सर्तमा लिखित कागज गराएर छाडिदिएको इन्सपेक्टर चौधरीको भनाई छ ।

यसअघि मसिर २२ गते वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुरबजारमा सञ्चालित हरि किशन ट्रेर्डस (जुत्ताचप्पल पसल) मा गैरकानुनी रुपमा भारतीय रुपैयाको कारोबार गर्ने ३० वर्षिय वैजु साहलाई नियन्त्रण लिएको थियो । साहलाई पनि प्रहरीले लिखित कागज गरेर छाडेको थियो ।
भारतमा नोटबन्दी भएपछि झापाको सीमा क्षेत्रका बजारमा झोले तथा पसलभित्र लुकाएर सर्वसाधारणवाट महंगो बट्टा लिएर भारतीय रकम सटही गर्ने गरेको जनगुनासो बढेलगतै जिल्ला प्रहरी कार्यालय झापाले सीमा क्षेत्रका इलाका, सिमा, वडा प्रहरी कार्यालयलाई यसतर्फ अभियान सुरु गर्न निर्देशन दिइसकेको छ ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com