News
झापामा स्थानीय तहको विवाद आयोगले मिलायो
Added: 2017-01-11

झापाका जिल्लास्तरीय राजनितिकदल बिच बल्झिएको स्थानीय तह पुर्नसंरचनाको विवाद आयोगले टुंगो लगाएको छ ।
स्थानीय तह पुनसंरचना आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ७ सय १९ तह रहने गरी प्रतिवेदन बुझाएपछि झापाको स्थानीय तह टुंगो लागेको हो । आयोगको बैठकले बहुमत र अल्पमतको आधारमा झापाको बिषयमा गरेको निर्णय पहिलो भएको आयोगका कर्मचारी स्रोतले जनाएको छ ।
आयोगले बुझाएको प्रतिवेदनमा झापामा ८ नगरपालिका र ७ गाउपालिकासहित १५ वटा स्थानीय तह कायम हुने उल्लेख छ । ८ नगरपालिकामा ८५ वडा र ७ गाउपालिकामा ४६ वडा गरी १ सय ३१ वडा हुने छ ।

झापामा नगरपालिकाहरुमा कायम गरिएको वडा संख्याहरु क्रमस भद्रपुरमा १०, मेचीनगरमा १५, विर्तामोडमा १०, शनिअर्जुनमा ११, कनकाईमा ९, शिवसताक्षीमा ११, गौरादहमा ९ र दमकमा १० हुने छन् । त्यस्तै गाउपालिकाहरुमा वडा संख्या क्रमस बुद्धशान्तिमा ७, बाह्दशीमा ७, गौरीगञ्जमा ६, हल्दिवारीमा ५, झापामा ७, कचनकवलमा ७ र कमलमा ७ हुने छ । झापामा हाल भएको ८ नगरपालिका र ३३ गाविसलाई समावेश गरेर १५ स्थानीय तह कायम गरिएको हो । भद्रपुर नगरपालिकासंग पृथ्वीनगर गाविस, मेचीनगरसंग बाहुनडागी, धाइजन, दुवागढी र ज्यामिरगढी गाविस, विर्तामोडसंग गरामनी गाविस, शनिअर्जूनसंग खुदुनाबारी गाविस गाभिएको छ । त्यस्तै शिवसताक्षी नगरपालिकासंग धरमपुर र पाँचगाछी गाविस, गौरादहसंग बैगुनधारा गाविस गाभिएको छ, भने कनकाई र दमक नगरपालिका यथावत रहेको छ ।

 त्यसैगरी शान्तिनगर र बुधवारे गाविस मिलेर बुद्धशान्ति गाउपालिका, राजगढ, चकचकी र डांगीबारी मिलेर बाह्दशी गाउपालिका, खजुरगाछी, गौरीगञ्ज, कोरोबारी र महाभारा मिलेर गौरीगञ्ज गाउपालिका, शरणामती, कमुरखोद र टाघनडुब्बा मिलेर झापा गाउपालिका, हल्बिारी, जलथल र गोलधाप मिलेर हिल्दबारी गाउपालिका, पाठामारी, बनियानी, बालुबाडी, पथरिया, केचना र घेराबारी मिलेर कचनकवल गाउपालिका, तोपगाछी र लखनपुर मिलेर कमल गाउपालिका बनाइएको छ ।
यता दलहरु बिच बढदो विवादका कारण जिल्लास्तरीय स्थानीय तह पुर्नसरचना समिति झापाले ११ र १५ वटा स्थानीय तहको छुटाछुटै प्रतिवेदन आयोगमा सिफारिस गरेर पठाएको जिल्ला विकास समिति झापाले जनाएको छ ।

 आयोगले १५ वटा स्थानीय तह नै झापामा कायम गरेपनि केही फेरबद गरेको छ । मेचीलाई उपमहानगरपालिका बनाउने सिफारीस गरिएकोमा आयोगले नगरपालिकामै कायम राखिदिएको छ । शनिअर्जुनलाई अर्जुनधारा नगरपालिका बनाउनेमा शनिअर्जुन नै नामकरण गरिदिएको छ । कनकाई नगरपालिकासंग डागीबारी, शिवतासक्षी र शनिअर्जूृनको केही भुभाग समावेश गर्न सिफारिस गरेपनि आयोगले भुभाग समावेश गर्न मानेन । झापाको हकमा एमाले लगायत ६ दलले ११ वटा स्थानीय तह हुनुपर्ने अडानमा रहेका थिए । भने, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा सहित ११ दल १५ वटा स्थानीय तह हुनुपर्ने पक्षमा उभिएका थिए ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com