News
नेपालमा आयो सामसुङको ‘एस ८’ र ‘एस ८ प्लस’, यस्तो छ मूल्य
Added: 2017-04-26
काठमाडौं, वैशाख १३ सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ‘एस ८’ र ‘एस ८ प्लस’ नेपालमा सार्वजनिक गरिएको छ । सामसुङ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यी फोन सार्वजनिकसँगै बुकिङ खुला गरेको हो ।
 
स्थानीय बजारमा सामसुङ एस ८ को मूल्य ८८ हजार ९ सय र एस ८ प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । पानी र धुलो नछिर्ने दाबी गरिएका यी सेटमा उच्च क्षमताका ब्याट्री प्रयोग गरिएको जनाइएको छ ।
 
आन्तरिक मेमेरी ६४ जीबी रहेको छ । सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले नयाँ सेट नेपालीलाई सुहाउँदो र नयाँ फिचरसहितको रहेको बताए । यी दुबै सेटमा चार जीबीको र्‍याम रहेको छ ।
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


No Programs for Tuesday

OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com