News
प्रधानन्यायाधी कार्कीमाथी सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदै ।
Added: 2017-05-05
प्रधानन्यायाधीस सुशीला कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव सम्बन्धमा परेको रिट माथि सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ ।
 न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा हिजो हेर्दा हेर्दैमा राखिएको सो मुद्धामाथि आज पनि कानुन व्यबसायीले बहसलाई निरन्तरता दिनेछन् । हिजो कानुन व्यबसायी दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले प्रधानन्यायाधीश कार्काीविरुद्ध महाभियोगको प्रस्ताव संविधान विपरीत भएको जिकिर गर्दै बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । निवेदनमा महाभियोगसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ । 
 
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com