News
ओबामा दम्पत्तिको रोमान्सबारे चलचित्र बन्ने
Added: 2014-12-08

अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामाको प्रेम बारेमा चलचित्र बन्ने भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार ‘साउथ साइड विथ यु’ नाम दिइएको उक्त चलचित्रमा सन् १९८९ तिर ओबामा दम्पत्तिको प्रेम प्रसंग देखाइने छ । उनीहरुको पहिलो डेट देखि लिएर उनीहरुको रोमान्सलाई पर्दा उतार्ने प्रयास उक्त चलचित्रमा गरिने छ ।

होमग्रोन पिक्चर्स प्रोडक्सनले यस चलचित्रका लागि ‘गेट अन अप’ की नायिका टिका स्टम्परलाई लिने निधो गरिसकेको छ । उनी मिसेलको भूमिकामा देखिने छिन् । बाराक ओबामाको भूमिकाका लागि भने अझै नायकको खोजी भइरहेको बताइएको छ ।

नायिका टिका स्टम्पर जसले मिसेलको भूमिका निवार्ह गर्ने छिन् ।तीन वर्ष डेट गरेपछि बाराक र मिसेल ओबामाको विवाह सन् १९९२ को अक्टोबर ३ का दिन भएको थियो । यस चलचित्रका निर्माता ट्रेसी बिङ्ग र स्टेफनी एलाइन रहेका छन् भने यसको निर्देशन रिचार्ड टाने रहेका छन् ।

आगामी जुलाई महिनादेखि सिकागो सहरमा चलचित्रको सुटिङ शुरु गरिने भएको छ ।
 
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com