News
अस्कर अवार्डमा विदेशी भाषातर्फ छानिए नौ फिल्म
Added: 2014-12-24

लस एन्जल्स–

उत्कृष्ट विदेशी भाषाको अस्कर अवार्डको दौडमा रहेका नौ फिल्मको नाम सार्वजनिक भएको छ। अस्कर समितिले शुक्रबार ८३ देशबाट सहभागी फिल्ममध्ये नौ फिल्मलाई अर्को चरणका लागि योग्य ठानेको हो। छानिएका नौमध्ये भोटिङमा उत्कृष्ट ५ फिल्म अन्तिम प्रतिस्पर्धामा सामेल हुनेछन्।
अस्कर समिति सदस्यले फिल्म छानेका देशमा स्वीडेन, रसिया, पोल्यान्ड, अर्जेन्टिना, मरिसस, नेदरल्यान्ड, भेनेजुएला, जर्जिया, इस्टोनिया रहेका छन्।
अर्को चरणको प्रतिस्पर्धाका लागि योग्य ठानिएका फिल्ममध्ये पोल्यान्डको ‘इदा', स्वीडेनको ‘फोर्स माजउरे' र रुसको ‘लेभिएथन' केही दिनपहिले सार्वजनिक गोल्डेन ग्लोबको मनोनयनमा पनि अटाएका फिल्म हुन्। ‘वाइल्ड टेल्स' अर्जेन्टिना र ‘टान्जेराइन्स' इस्टोनिया पनि गोल्डेन ग्लोबमा नामांकित फिल्म हुन्।
सूचीमा केही सम्भावित फिल्म भने अटाएका छैनन्। टोरन्टो तथा अन्य फिल्म फेस्टिभलमा विजेता बनेको डारडेन दाजुभाइको फिल्म ‘टु डेज वन नाइट' र समीक्षकले प्रशंसा गरेको जाभिएर डोलनको फिल्म ‘मोमी' पनि अन्तिम नौमा अटाएका छैनन्।
नौबाट अन्तिम ५ मा पर्न सफल फिल्मको घोषणा जनवरी १५ मा हुनेछ। फेब्रुअरी २२ मा अन्य विजेतासँगै विदेशी भाषातर्फ पनि उत्कृष्ट एकको घोषणा गरिनेछ। अस्करको यो ८७ औं संस्करण हो।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com