• ON AIRनेपाली पप गीत
  • UP NEXTनेपाल खवर

झापामा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा वृद्धि भएको प्रति  चिन्ता व्यक्त

pathibharafm

झापा ।
पछिल्लो समय झापामा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरिरहेका बेला झापाको भद्रपुरमा लागू औषध दुर्व्यसन तथा ओसार–पसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं.–२  र भद्रपुर नगरपालिकामा (अलग अलग दुई ठाउँ) हुने दुई दिने कार्यशाला गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले उद्घाटन गरे ।

गोष्ठीको उद्घाटन गर्दै प्रमुख  निरौलाले लागू औषध दुर्व्यसन र ओसारपसारको अवस्था भयानक बन्दै गएको बताउँदै न्यूनीकरण तथा नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्ने बताए । दुर्व्यसनले कसैलाई पनि भलो नगर्ने उल्लेख गर्दै निरौलाले कम्तीमा आ–आफ्नो घर मात्रै सुधार गर्दा पनि स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउँदै सबै सचेत भएर लागू औषध विरुद्ध उभिन आह्वान गरे ।
कार्यक्रममा अतिथि तथा भद्रपुर नगरपालिका वडा नं.–२ का वडाध्यक्ष रामबहादुर कँडेलले लागू औषध दुर्व्यसन र ओसारपसार समस्याका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । सो अवसरमा वडा नं. १ का वडाध्यक्ष रामप्रसाद अधिकारीले मुख्य समस्यालाई पहिचान गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गरे ।
भद्रपुर नगरपालिका वडा नं.१, २ र ३ नं. वडाका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, आमा समूहमा आबद्ध महिलाहरू लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

३१ असार झापा ।माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा ।

pathibharafm

हात्ती नियन्त्रणमा मोबाईल एपको प्रयोग

२२ असार झापा ।झापामा हात्ती नियन्त्रणका लागि हात्ती आगमन सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ । जिल्लाको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार

विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु

२० असार,झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ ।  चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी,