झापामा आगामी जेठ १६ देखि आईपीभी खोप’ लगाईदै
झापा ।
स्वास्थ्य कार्यालय झापाले पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा सोमवार भद्रपुरस्थित कार्यालयमा सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी गरेर अभियानको तयारीका बारेमा जानकारी दिइएको हो । खोप अभियानका क्रममा झापाका १५ वटै पालिकामा जम्मा ४५ हजार ६४८ जना बालबालिकालाई खोप दिइने भनिएपनि बिद्यालय तथा बिभिन्न तथ्याङ्क अनुसार ५८ हजार ३२६ जना कुल लक्षित समुह रहेका स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार झापामा खोपका लागि ५५२ वटा खोप केन्द्र, ४९४ जना खोप दिने स्वास्थ्यकर्मी र ८३६ जना स्वयमसेवकको तयारी गरिएको छ । खोप लगाउने क्रममा कुनै बालबालिकामा समस्या देखिएमा तत्काल उपचारको ब्यवस्थासमेत मिलाइएको बताइएको छ ।
अभियान अन्तरगत झापाका १५ वटै स्थानीय तहका तोकिएका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा खोप लगाइने पोखरेलले बताए । त्यस्तै बिद्यालय बाहिर रहेका तोकिएका उमेश समुहका बालबालिकालाई पनि नजिकको खोप केन्द्रमा लगेर खोप लगाइने छ ।
नेपालमा सनु २०१० देखि पोलियो शुन्य अवस्थामा रहेको र नेपालले सन् २०१४ मार्च २७ गते पोलियो मुक्त प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।
जेठ १३ गतेदेखि शुरु भएको अभियान अन्तर्गत देशभरका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइदैछ ।

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने
२२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार
दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय

कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित
कमल | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण
प्रतिकृया दिनुहोस