• ON AIRनेशनल गीत
  • UP NEXTहिन्दी कभर गीत

झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु

pathibharafm

 

दमक ।
झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ९ ;१५ बजेको दमक नगरपालिका २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लागेको थियो । घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेको बिहान १०:१४ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

प्राधिकरण कार्यालयको लापरबाहीका कारण राईको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए । उनीहरूले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । दमक नगरपालिका प्रमुख रामकुमार थापा, दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक बिद्युत् कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्तसमेत बसेर भएको छलफलमा तीन बुँदे सहमति भएको छ ।

नगरपालिकाले किरिया खर्चबापत ५० हजार दिने, बिद्युत् कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो बिद्युत् कार्यालयसँग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलब्ध गराउनको लागि स्थानीय निकाय, बिद्युत् प्राधिकरणले संयुक्त रुपमा माग गर्ने सहमति भएको दमक प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन

पाथीभरा डेस्क  दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ । ‘उन्नत प्रविधि सक्षम

pathibharafm

ईलामको माईबेनी मेला :पौष २९ देखि माघ ४ सम्म, मकर स्नान र स्थानीय कृषि प्रर्दशनी मुख्य आकर्षण  

  दमक /ईलामको माईजोगमाई गाउँपालिका–४ मा आगामी पौष २९ गतेदेखि माघ ४ गतेसम्म माईबेनी मेला २०८१ आयोजना गरिने भएको छ। हरेक बर्ष मनाईने माघे संक्रान्ति

pathibharafm

पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश

  दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा