नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त ९बौद्ध, गौशाला र महाराजगञ्ज० को अनुगमन गरेका छन् । गएराति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् ।
उजुरीरजाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए । गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए ।
नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेका हुन् ।

चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्नीच्युडको भुकम्प
काठमाडौँ /चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दीपक मनाङे कारागार चलान
२७ कार्तिक,काठमाडौ ।ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ कारागार चलान भएका छन् । काठमाडौंमा

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा
प्रतिकृया दिनुहोस