• ON AIRनेपाली फिल्म गीत
  • UP NEXTस्वर्णीम प्रभात (देब)

किमाथाङ्का नाका सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बन्दै

झापा ।
चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ ।  यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए । कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।
नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा रु एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट रु एक करोड कारोबार गरेका अध्यक्ष भोटेले बताए । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । आलु र कोदोमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए । बन्द नाका खुलेपछि त्यो अवसरबाट बञ्चित भएका स्थानीयले अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ । 
किमाथाङ्कामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।
नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो ।
किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेरमात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी एक सय ६२ किमी छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकको गौ हत्यामा संलग्न एक पक्राउ

झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।   हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका

pathibharafm

झापामा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

२२ भदौ,झापा ।झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु

pathibharafm

हल्दीवारीका विद्यालयमा प्रहरीको पुस्तक पढाई हुने

झापा ।झापाको  हल्दीवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी