• ON AIRपाथीभरा स्थानीय समाचार
  • UP NEXTनेपाली फिल्मी लभ गीत

सानो उमेरमै प्रगतिपथमा लम्किएका सबैका सारथी सुजन !

pathibharafm

 झापामा स्वास्थ्य क्षेत्रमा लागेकाले ठूलै फन्डा गर्ने गरेका छन् । मानौं उनीहरु जस्तो कसैले काम गरेकै छैनन् । तर, त्यही क्षेत्रका सुजन शिवाकोटी प्रचारको लोभ नगरी निरन्तर क्रियाशील छन् । विगत दुई वर्षदेखि शंकर अस्पताल शनिश्चरेका प्रबन्ध निर्देशक रहेका शिवाकोटीले स्वास्थ्य क्षेत्रमा काम गरेको एक दशकभन्दा बढी भइसक्यो । डिएन हर्बल उद्योग काठमाण्डौंद्वारा उत्पादित श्रीखण्ड ब्रान्डको चिउरी , पपया ,फेसजस्ता हर्बल साबुनको १ र २ नं प्रदेश प्रमुख रहेका शिवाकोटीले तारादेवी उद्योगको नामबाट आफैले आगमन ब्रान्डका टुथपेस्ट उत्पादन गरेका छन् । एक समयमा हर्बलका उत्पादनहरु निकै चलेका थिए । तर, अहिले निकै कम्पनीहरु बन्द भएका छन् । आफूहरुको उत्पादनप्रति उपभोक्ताहरुको बिश्वास कायम रहेकोमा उनी गर्व गर्छन् । ‘ स्वदेशी उत्पादन भएर ग्राहकहरुले माया गर्नु भएको छ ’ उनले भने, ‘ शुरुका दिनमा बजारमा जाँदा जुन अप्ठ्यारो थियो , त्यो अहिले छैन ।’ क्वालिटी र रेगुलरिटी भएकाले आफूहरुको उत्पादनप्रति उपभोक्ताहरु सन्तुष्ट रहेको उनले बताए ।

 


मानव स्वास्थ्यको क्षेत्रमा हात हालिसकेपछि उनले त्यससँग सम्बन्धित विभिन्न सेवामूलक व्यवसाय गर्दै आएका छन् । त्यसक्रममा उनले अर्जुनधारा ६ मा माता पोलिक्लिनिक पनि खोलेका छन् । त्यहाँ आकस्मिक सेवासहित स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरु उपलब्ध रहेको क्लिनिकका अध्यक्ष रहेका शिवाकोटीले बताए ।यस्तै उनी जेनियस मिडिया बिर्तामोडको कोषाध्यक्ष पनि हुन । 

 

पछिल्लो समयमा उनी जिल्लाकै पुरानो स्वास्थ्य संस्था शंकर अस्पताललाई संरक्षण र संबद्र्धन गर्न लागिपरेका छन् । अहिले त्यहाँ २५ बेडको व्यवस्था गरिएको छ भने तीनजना बिशेषज्ञको सेवा उपलब्ध छ ।‘हामीले चौबीसै घण्टा इमर्जेन्सीलगायतका सेवा दिइरहेका छौं ’उनले भने , ‘ डा। शंकर उप्रेतीको नासो शंकर अस्पताललाई जोगाउन लागिपरेका छौं ।’ शंकर अस्पतालबाट जिल्लाका उत्तरी क्षेत्र र इलामको दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित हुने गरेका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी झापाको राजगढमा पनि अस्पताल खोल्ने योजना रहेको उनले सुनाए ।


माता स्वर्गीय तारादेवी शिवाकोटी र पिता पुण्यप्रसाद शिवाकोटीका ४ छोरा र एक छोरीमध्ये कान्छा छोराको रुपमा २०४१ साल पुष ११ गते जन्मिएका शिवाकोटी मनोरंजनको क्षेत्रमा पनि दख्खल राख्छन् । क्षितिज नाट्य समूहअन्तर्गत संगीत साधना प्रतिष्ठानको सचिव रहेका उनले विभिन्न सन्देशमूलक लघु चलचित्रमा अभिनय गरेका छन् । ‘हाम्रो जंगल’ भन्ने चलचित्रमा अभिनय गरेका उनले भर्खरै शुभमुहूर्त भएको ‘परिबन्ध’ चलचित्रमा पनि खेल्दैछन् । गत लकडाउनमा उनले साथीहरुसँग मिलेर बिर्तामोडका करिब २ हजार सामुदायिक कुकुरलाई एक महिनासम्म खाना खुवाएका थिए । हालसम्म राजनीतिबाट टाढा रहेका उनी अहिलेको देशको राजनीति हेरेर दिक्क मान्छन् । यदि यसरी नै राजनीतिक नेतृत्व नसच्चिने हो भने अब युवाहरुले त्यसबारे सोच्नु पर्ने उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै

 प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई

विवादित सांसद गिरीसँग स्पष्टीकरण सोध्ने समाजवादीको निर्णय 

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग

लिम्पियाधुरासँगै जागेको राष्ट्रियता र राष्ट्रवाद

कालापानी , लिम्पियाधुरा, नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रतिनिधिसभाबाट पारित हुनु नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण थियो। यति कुरा गर्दा गर्दै