• ON AIRपुराना नेपाली आधुनिक गीत
  • UP NEXT

आज हरिबोधिनी एकादशी,घरघरमा तुलसीको विवाह गरी मनाईदै

pathibharafm

२७ कार्तिक,झापा ।आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।

आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजको दिन काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ । त्यस्तै काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ ।

यसैबीच झापाका ६ पालिकाले  स्थानीय सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाहको अवसरमा मंगलबार जिल्लाका १५ पालिकामध्ये भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले सोमबार छुट्टाछुट्टै सूचना निकालेर बिदा दिएका हुन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने

  २२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

pathibharafm

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार

  दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय

pathibharafm

कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित

कमल  | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण