• ON AIRकायाकैरन
  • UP NEXTबालबालिकाका निम्ति साचाहरु

लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले क्षतिपूर्ति दिने

एजेन्सी, ३ फागुन २०८० । रुसी सेनामा अनधिकृत रुपमा प्रवेश गरी युक्रेनसँगको लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले नेपालमै क्षतिपूर्ति दिने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसस्थित नेपाली दूतावाससँग गरेको समन्वयको आधारमा मृतकका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार युद्धमा हालसम्म मृत्यु भएको पुष्टी भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्र मार्फत क्षतिपूर्ति पाउने भएका छन् ।

क्षतिपूर्तिका लागि रुसमा रहेका नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।

दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि क्षतिपुर्ति बापतको रकम परराष्ट्र मन्त्रालयमा आउने र त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय मार्फत पीडितका परिवारलाई क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भइसकेको छैन । रुसी सेनामा अझै कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन ।

रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान

pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख