• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

pathibharafm

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि रहेका छन् । विक्रमासिङ्घेले गत महिना जुलाई २७ मा गालेमा भएको र्‍यालीमा चुनाव लड्ने घोषणा गरेका थिए । उम्मेदवारी स्वीकृत गरेपछि विक्रमासिंघेले देशको अर्थतन्त्रलाई स्थिर बनाउनु पर्ने बताए ।

विक्रमासिङ्घे बाहेक उम्मेदवारी दर्ता गर्नेमा दुई बौद्ध भिक्षु र तीन तमिल अल्पसंख्यक पनि छन्। तर, राष्ट्रपतिको निर्वाचनमा भने महिला उम्मेदवार भने नरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

श्रीलंकामा राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन थियो । यसका लागि बिहान ९ बजेदेखि ११ बजेसम्मको समय दिइएको थियो । श्रीलंकाको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा उम्मेदवार राष्ट्रपति चुनावमा भाग लिइरहेको बताइएको छ । यसअघि सन् २०१९ मा भएको राष्ट्रपति निर्वाचनमा ३५ जना उम्मेदवारले भाग लिएका थिए ।

श्रीलंकाको कुल जनसंख्या २.२ करोड छ । जसमध्ये १.७ करोड जनताले सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावमा मतदान गर्नेछन् ।

श्रीलंकामा राष्ट्रपति पदका लागि चार प्रमुख उम्मेदवार छन् । त्यसमध्ये वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेलाई सबैभन्दा ठूलो दावेदार मानिएको छ । विक्रमासिङ्घेका लागि सबैभन्दा ठूलो चुनौती ५७ वर्षीय सजिथ प्रेमदासाको हो । प्रेमदासा श्रीलंकाको संसदमा विपक्षी दलका नेता हुन्।

यी बाहेक वामपन्थी नेता अनुरा कुमारा दिसानायका पनि राष्ट्रपतिको दौडमा अगाडि छन् । अनुराको नेशनल पिपुल्स पार्टीको गठबन्धन श्रीलंकाका युवाहरूमाझ निकै लोकप्रिय छ । चौथो नाम गत हप्ता यो त्रिकोणीय प्रतियोगितामा थपिएको थियो ।

श्रीलंकाको राजनीतिमा ठूलो प्रभाव रहेको राजापाक्षे परिवारले नमल राजापाक्षेलाई राष्ट्रपतिको दौडमा उभ्याएको छ । नमल पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा र पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेका भतिजा हुन् । गत हप्तासम्म राजपाक्षे परिवार रनिल विक्रमासिंघेको समर्थनमा थियो ।

रनिल विक्रमासिंघेले आगामी राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छन् । उनले श्रीलंकाको दक्षिणपन्थी पार्टी युनाइटेड नेसनलिस्ट पार्टीबाट राजीनामा दिएका छन् । विक्रमासिङ्घेले स्वतन्त्र उम्मेदवारका रूपमा पूर्ण समर्थन पाउने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी भएका थिए । तर, २०२२ मा ठुलो आन्दोलनले गोटाबायाले राष्ट्रपतिबाट राजीनामा दिन बाध्य पारेको थियो भने उनले देश छोड्नु परेको थियो र संसदले विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो । त्यसयता रनिल विक्रमासिंघे देशको राष्ट्रपतिको रुपमा कार्यरत रहेका छन् । 

प्रतिकृया दिनुहोस
pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख

pathibharafm

बङ्गलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार निर्माण

ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।  राष्ट्रपति मोहम्मद शहाबुद्दीनले