• ON AIRनेशनल गीत
  • UP NEXTपाथीभरा समाचार

पुलमा मालवाहक जहाज ठोक्किँदा २ जनाको मृत्यु, एक जना घाइते र तीन जना बेपत्ता

ग्वानझाओ, १० फागुन २०८० । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् ।
समाचार संस्था सीसीटीभीमा प्रकाशित तस्बिरमा पुलको एक हिस्सामा क्षति पुगेको र जहाज त्यहाँ अड्किएको देखिएको छ । जहाजले सामान भने बोकेको देखिएको छैन । घटना स्थानीय समयअनुसार बिहान साढे ५ बजे भएको थियो ।

बेइजिङ न्यूजका अनुसार घटनामा संलग्न जहाजको क्याप्टेनलाई पक्राउ गरिएको छ भने नजिकका क्षेत्र खाली गरिएको छ । पुललाई स्तरोन्नति गर्ने योजना रहे पनि त्यो टर्दै आएको थियो । सन् २०२१ को अक्टोबरमा प्रान्तीय अधिकारीहरूले पुलको भौतिक सुरक्षाका लागि ठक्कर न्यूनीकरण पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।

ग्वान्झाओ पर्ल नदी छेउमा अवस्थित रहेको छ । यो चीनको व्यस्त बन्दरगाह मध्ये एक हो । घटना भएको नान्सा दक्षिण चीनको सबैभन्दा चाँडो विकास भइरहेको बन्दरगाह हो ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान

pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख