दमक फूडफेस्टिवल चैत्र २३ देखि
दमक,चैत्र १८
झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने फूडफेस्टिवल सम्पन्न गर्न तयारी तीव्र पारिएको संघका अध्यक्ष योगराज दंगालले बताए ।
संघले दमकमा पत्रकार सम्मेलन गरि दशौं संस्करणका रुपमा रहेको यस फेस्टिवल सम्पन्न गर्न धमाधम तयारी तीव्र पारिएको उहाँले जानकारी दिए । दमक–७ स्थित पशुहाट मैदानमा हुने सो फेस्टिवलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका कोशी प्रदेश अध्यक्ष राजन दङगालले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित
२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट
प्रतिकृया दिनुहोस