इपिएस भाषा परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण
झापा ।
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षाबाट पाँच हजार ७ सय ५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सन् २०२४ मा इपीएस मार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई पर्सि सोमबारदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरिएको इपीएस शाखाले जनाएको छ ।
स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुक्रराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको छ ।
पहिलो चरणको सीप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभागले गएराति सार्वजनिक गरेको जनाएको छ ।
गत फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको मानव संशोधन विभागले बैशाख ९ गतेदेखि १५ सम्म सीप परीक्षा सञ्चालन गरेकोे थियो ।
इपीएस शाखाले कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

कक्षा १२ को परीक्षा आजदेखि शुरुहुदै
२१ बैसाख, । झापा आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म

आज मातातीर्थ औँसी,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै
१४ बैसाख,झापा /आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।आज आमालाई मीठा खानेकुरा र उपहार

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय
१० बैसाख,झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ
प्रतिकृया दिनुहोस