• ON AIRनेपाल दर्पण
  • UP NEXTनेपाली आधुनिक गीत संगीत

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत


झापा । 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले नियुक्तिको छैटौँ दिन सोमबार विश्वासको मत पाएका हुन्। उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै पनि परेको छैन।   
विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गरेका थिए। 
संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएका कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका पूर्वमुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने रणनीति बनाएपछि प्रदेश प्रमुख खापुङले उनलाई अपदस्थ गरी हिक्मतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 
एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए। 
 

प्रतिकृया दिनुहोस
pathibharafm

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

२४ साउन,बिराटनगर ।कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीका

pathibharafm

कोशी प्रदेशको १४ प्रतिशत भूभागमा रोपियो धान

१२ असार,झापा । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान

pathibharafm

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ )

१ असार,झापा । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री