बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद

१७ असार, काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ ।
जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको दिएको छ । यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।
महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । तर, प्रहरीले प्रमाण फेला पार्न सकेन ।
करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो । बम्जन जोडिएको अरु मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कक्षा १२ को परीक्षा आजदेखि शुरुहुदै
२१ बैसाख, । झापा आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म

आज मातातीर्थ औँसी,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै
१४ बैसाख,झापा /आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।आज आमालाई मीठा खानेकुरा र उपहार

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय
१० बैसाख,झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ
प्रतिकृया दिनुहोस