• ON AIRजिन्दगीका पानाहरु (देब)
  • UP NEXTपुराना नेपाली आधुनिक गीत

दमक हत्याकाण्डः निरौलाको हत्यारालाई कारवाही गर्न प्रहरीलाई दबाब

pathibharafm

०९कार्तिक दमक ।झापा दमक–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई दबाब दिईएको छ । 
घटनाका सम्बन्धमा तत्काल अनुसन्धान अघि बढाएर हत्यामा संलग्नहरुलाई कारवाही गर्न स्थानीय राजनीतिक दलका नेतृत्वहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
अलग –अलग प्रेस विज्ञप्ति निकालेर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर नेतृत्वले घटनामा संलग्न दोषीहरुमाथि सुक्ष्म अनुसन्धान गरेर तत्काल कारवाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँच्न पाउने नागरिकको अधिकारको सुरक्षा गर्न माग गरिएको छ । त्यसैगरी नेकपा एमालेका दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्ति हत्या सर्वत्र निन्दनीय भएको उल्लेख गरेका छन् ।त्यसैगरी नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका तर्फबाट इञ्चार्ज बेदु गौतम र अध्यक्ष कुलबहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा नगर क्षेत्रको व्यस्त स्थानमा नागरिकको हत्या हुनुले शान्ति सुरक्षाको दुरावस्था छर्लङग भएको उल्लेख गरेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर कमिटीका तर्फबाट अध्यक्ष हेम सुवेदीले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा घटनाको अबिलम्ब निष्पक्ष रुपले सत्य तथ्य छानबिन गरी पक्राउ गर्न र कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
हत्यामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ नगरेको र प्रहरीले पीडितको तर्फबाट पुरक जाहेरी लिन नमानेको भन्दै हिजो पनि मृतकका आफन्त र स्थानीयहरु भेला भई इलाका प्रहरी कार्यालय दमकको गेट अगाडि घेराउ गरेका थिए । मृतक निरौलाका दाजु नवराज निरौलाले गरेको पत्रकार सम्मेलनमा आफ्ना भाइलाई नियोजित रूपमा बोलाएर हत्या गरेको, सीसी टिभी फुटेजमो प्रष्ट देखिएपनि प्रहरीले हत्यारालाई पक्राउ गर्न तत्परता नदेखाएको, प्रहरीले जाहेरी लिन प्रहरीले आनाकानी गरेको भन्दै हत्यामा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा नल्याएसम्म शव नबुझ्ने बताएका छन् ।गत मंगलबार दमक– ३ स्थित मावा पुलनजिकै दुई समूहबीच विवाद हुँदा कुटपिट र ढुंगा प्रहारबाट निरौलाको मृत्यु भएको थियो । घटना भएको तीन दिन बितिसक्दा पनि प्रहरीले कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन ।
निरौला परिवार , आफन्त र शुभचिन्तकहरु हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै दुई दिनदेखि निरन्तर प्रहरी कार्यालयमा दबाब र प्रदर्शनमा उत्रिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने

  २२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

pathibharafm

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार

  दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय

pathibharafm

कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित

कमल  | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण