प्रहरीद्धारा दमक हत्या प्रकरणका तीन आरोपी सार्बजनिक,मुख्य दोषी अझै फरार
११ कार्तिक दमक ।प्रहरीले दमकमा हत्या भएका ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।आफन्त र स्थानीयको चर्काे दबाब र प्रर्दशनपछि उनीहरुलाई प्रक्राउ गरेको हो ।
प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी –१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो काँकडभिट्टाबाट पक्राउ गरेको जानकारी दिए । घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको डीएसपी चन्दले बताए ।
उत्त घटनासँग जोडिएका उर्लाबारी– ६ का प्रकाश कार्की , उर्लाबारी– ७ का ध्रुव गौतम र दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीबाहेक मुख्य आरोपीहरुलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ। मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बूसहित दमक– ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन् । बाँकी चारजना फरार नै रहेका छन् ।
गत कात्तिक ६ गते दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो । निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयहरुले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका छन् ।
दमक हत्याकाण्डः निरौलाको हत्यारालाई कारवाही गर्न प्रहरीलाई दबाब
०९कार्तिक दमक ।झापा दमक–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई दबाब दिईएको छ । घटनाका सम्बन्धमा तत्काल
बेपत्ता ब्यत्तिको घटना सार्बजनिक नगरिएको बिषयप्रति मानब अधिकार संगठनको ध्यानाकर्षण
झापा ।झापाको गौरीगञ्जकी गाउपालिकाकी ३४ बर्षिय उषा गनगाँई बेपत्ता भएको घटना सार्बजनिक नगरिएको बिषयप्रति मानब अधिकार संगठनले झापाले गम्भीर
दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप,एक जनाको मृत्यु
०७ कार्तिक,दमक।झापाको दमकमा जग्गा सम्बन्धी बिबादलालई लिएर दुई पक्षबीच झडप हुदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दमक –९ का ३७ वर्षीय देशु
प्रतिकृया दिनुहोस