आज देशभर प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा /आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

कक्षा १२ को परीक्षा आजदेखि शुरुहुदै
२१ बैसाख, । झापा आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म

आज मातातीर्थ औँसी,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै
१४ बैसाख,झापा /आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।आज आमालाई मीठा खानेकुरा र उपहार

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय
१० बैसाख,झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ
प्रतिकृया दिनुहोस