• ON AIRपुराना हिन्दी फिल्मी गीत
  • UP NEXT

१७ चैत्र झपा/सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

pathibharafm

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ । नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ, जसले धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने काम गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । कसरी मनाइन्छ ? नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ । यो अवसरमा दान (जकातुल फितर) दिनु अनिवार्य मानिन्छ, जसले गरीब तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई मद्दत गर्न सकिन्छ । इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू समावेश गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटको विशेष महत्व रहन्छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

कक्षा १२ को परीक्षा आजदेखि शुरुहुदै 

  २१ बैसाख, । झापा आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म

pathibharafm

आज मातातीर्थ औँसी,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै

१४ बैसाख,झापा /आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।आज आमालाई मीठा खानेकुरा र उपहार

pathibharafm

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय

  १० बैसाख,झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ