• ON AIRलोकदोहोरी र नेपाली फिल्म गीत
  • UP NEXTनेपाल खवर

पत्रकार भैरव रिसालको निधन

pathibharafm


२५ चैत्र,झापा ।वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति रासस मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो । रिसालका ‘साधुलाई सुली’ ९जेल डायरी०, ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । 

प्रतिकृया दिनुहोस
pathibharafm

पत्रकार भैरव रिसालको निधन

२५ चैत्र,झापा ।वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार

pathibharafm

पत्रकार भैरव रिसालको निधन

२५ चैत्र,झापा ।वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार

pathibharafm

आज रामनवमी पर्व मनाईँदै,देशभर सार्वजनिक बिदा

२४ चैत्र,झापा /आज  रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल