• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

विवादित सांसद गिरीसँग स्पष्टीकरण सोध्ने समाजवादीको निर्णय 

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग उनको पार्टी समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । हिजो बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कदम चालेको समाजवादी पार्टीको बुझाई छ । नक्सा सम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए । संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् । 
 

प्रतिकृया दिनुहोस
pathibharafm

आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै

 प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई

pathibharafm

सानो उमेरमै प्रगतिपथमा लम्किएका सबैका सारथी सुजन !

 झापामा स्वास्थ्य क्षेत्रमा लागेकाले ठूलै फन्डा गर्ने गरेका छन् । मानौं उनीहरु जस्तो कसैले काम गरेकै छैनन् । तर, त्यही क्षेत्रका सुजन शिवाकोटी

लिम्पियाधुरासँगै जागेको राष्ट्रियता र राष्ट्रवाद

कालापानी , लिम्पियाधुरा, नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रतिनिधिसभाबाट पारित हुनु नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण थियो। यति कुरा गर्दा गर्दै