• ON AIRनेपाली बाल गीतहरु
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

मोबाइलको ब्याट्री कति प्रतिशत भयो भने चार्जमा राख्नु पर्छ?

काठमाडौँ, २८ माघ २०८० । अहिले मोबाइलमा अनेकौँ एडभान्स फिचर पाइन्छ । मोबाइलको आवश्यकता यति बढेको छ कि मानिसहरू अलिकति ब्याट्री घटेको देख्ने बित्तिकै बारम्बार चार्जमा राखिहाल्छन् । तर के यस्तो गर्नु ठिक हो त? मोबाइललाई कति बेला चार्जमा राख्नु पर्छ? ब्याट्री कति प्रतिशत भयो भने चार्जमा राख्नु पर्छ भन्ने कुरा निकै कम मान्छेलाई मात्रा थाहा छ ।

फोनको ब्याट्रीको स्वास्थ्यलाई बिग्रन नदिने हो भने ब्याट्री २० प्रतिशत हुँदा चार्जमा राखेर ८० वा ९० प्रतिशत चार्ज भएपछि निकाल्नु पर्छ । फास्ट चार्जिङ प्रयोग गर्नेहरूका लागि त यो झनै महत्त्वपूर्ण छ । किनकि ब्याट्री रातो भएर सकिनै लागेपछि चार्ज गर्दा मोबाइल तात्छ अनि ८० प्रतिशत भन्दा माथि फास्ट चार्जिङ धेरै एफिशियन्ट हुन्न । तर ब्याट्री ओभरचार्ज हुँदा केही जोखिम भने हुन्न ।

हिजोआजका फोनमा ब्याट्रीको हेल्थका लागि भनेर यस्ता कयौँ इन–बिल्ट फिचरहरु राखिएको हुन्छ जसले शून्य प्रतिशतमा चार्ज झर्नु अघि नै मोबाइललाई बन्द गरिदिन्छ । तपाईँ फोनलाई लामो समयसम्म प्रयोग नगर्ने योजना गर्दै हुनुहुन्छ भने आधा मात्रै चार्ज गर्नु उत्तम विकल्प हो । लामो समय नचलाईकन राखिने फोनहरूलाई ६/६ महिनामा खाली गर्न र ब्याट्रीलाई बिग्रन नदिन ५० प्रतिशतसम्म मात्रै चार्ज गर्न एप्पलले सुझाव दिएको छ ।

क्षतिबाट बच्नका लागि कम्पनीले मोबाइल फोनको ब्याट्रीलाई चिसो, सुख्खा ठाउँमा राख्न अनुरोध गरेको छ । फोन र ब्याट्री दुबैका लागि सस्ता चार्जरहरू असुरक्षित छन् । यस्ता चार्जरमा कम्पोनेन्टहरू राम्ररी इन्सुलेटेड गरिएका हुँदैनन् । जसका कारण बाथरुम जस्ता आर्द्रता धेरै भएका ठाउँमा चार्जमा राख्दा फोन सर्ट सर्किट र आगो लाग्ने जोखिम धेरै नै हुन्छ । कमसल वा नक्कली चार्जर प्रयोग नगर्न र फोन किन्दा साथमा आउने चार्जर मात्रै प्रयोग गर्नु पर्छ भनेर सुझाव दिइने कारण यो पनि हो ।

 

प्रतिकृया दिनुहोस

नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

काठमाडौँ, २५ पुस २०८० । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४

pathibharafm

सरकारको तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडौँ, १७ पुस २०८० । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक

pathibharafm

पाँच वटा विमानस्थलमा एक्स-रे मेसिन जडान गरिने

काठमाडौँ, १६ पुस २०८० । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँच वटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स-रे मेसिन जडान