• ON AIRमानव अधिकार मञ्च इलामको प्रोगाम
  • UP NEXTनेशनल गीतहरु

चौथो औद्योगिक क्रान्तिका लागि युवालाई सशक्त बनाउन सामसङको पहल 

pathibharafm


पाथीभरा डेस्क 
दमक /सामसङ नेपालले आफ्नो विश्वव्यापी सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत नेपाली युवाहरुलाई डिजिटल सीप सशक्तिकरणमा निरन्तर योगदान पु¥याउँदै आएको छ। हालै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ (पुल्चोक क्याम्पस) मा आयोजित विशेष समारोहमा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरियो।यस अवसरमा, कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा सहभागी ६० विद्यार्थीहरूको पनि स्वागत गरिएको छ।
सन् २०२२ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले चौथो औद्योगिक क्रान्तिका लागि आवश्यक सीपहरु प्रदान गर्दै, सामसङको “टुगेदर फर टुमरो! इनेबलिङ पिपल” लक्ष्यलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। पाँच महिनामा सम्पन्न भएको यो एआई पाठ्यक्रमले विद्यार्थीहरुलाई उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा विशेषज्ञता प्रदान ग¥यो।
समारोहमा सामसङ नेपालका प्रमुख श्री इन सु किम, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. खड्ग के.सी., पुल्चोक क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, र डिन प्रा. डा. सुशील बी. बज्राचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।
यो कार्यक्रमले नेपाली युवालाई आधुनिक प्रविधिमा दक्ष बनाउन र भविष्यका अवसरहरूको लागि तयार गराउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
 

प्रतिकृया दिनुहोस

मोबाइलको ब्याट्री कति प्रतिशत भयो भने चार्जमा राख्नु पर्छ?

काठमाडौँ, २८ माघ २०८० । अहिले मोबाइलमा अनेकौँ एडभान्स फिचर पाइन्छ । मोबाइलको आवश्यकता यति बढेको छ कि मानिसहरू अलिकति ब्याट्री घटेको देख्ने बित्तिकै

नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

काठमाडौँ, २५ पुस २०८० । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४

pathibharafm

सरकारको तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडौँ, १७ पुस २०८० । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक